Aamsanchar

टोप बहादुर बचाउ अभियान पूरा / कानुनी प्रक्रिया सुरु

Author Image
आइतवार, वैशाख १६, २०७५

सुर्य खवास,

युएई

टोपबहादुर बचाउ अभियानबाट संकलित रकम गैर आवासीय नेपाली संघ युएईले एक कार्यक्रम का बिच २८ अप्रील का दिन नेपाली राजदूतास अबुधाबीलाई हस्तान्तरण गरेको छ। अब युएईमा अन्योलपुर्ण जीवन बिताइरहेका चितवन खैरेनीका टोपबहादुर बिक कानुनी प्रकृया पूरा गरे पश्चात घर फिर्तिको बाटो खुल्ने छ ।

बिकले बुझाउनु पर्ने ब्लडमनी’ बापतको १ लाख दिराम ९करिब २९ लाख रुपैयाँ० युएईमा क्रियाशील नेपालीहरुको सामाजिक, राजनीतिक, जातीय, जिल्ला तथा पेशागत सघ संस्थाहरुको संयुक्त पहलमा उक्त रकम संकलन भएको हो । बिकलाइ ब्लड मनि वापतको रकम जुटाउन युएईमा गैरआवासीय नेपाली संघ युएईको अगुवाईमा संचालन गरिएको आर्थिक सहयोग संकलन अभियान अन्तर्गत आवश्यक रकम १ लाख दिराम दूतावासलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

चार बर्ष अघि युएईको अल ऐनमा सिभिल कोर्ट कम्पनीमा क्रेन अपरेटर हेल्परको रुपमा कार्यरत टोपबहादुर काम गर्ने शिलशिलामा क्रेन दुर्घटनामा दुई थाई नागरिकको ज्यान गए पछि टोपबहादुर बिकलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो । दुर्घटनापछि ४ महिना २० दिन जेलमा बसेका बिकलाई अदालतको फैसलापछि यात्रामा प्रतिबन्ध लगाई कम्पनीमा फिर्ता पठाए पनि कम्पनी बन्द भएका कारण उनी आफन्त, साथीभाइ र एनआरएन युएईको संरक्षणमा बस्दै आएका थिए ।

अदालतको फैसला पछि ब्लडमनि जुटाउनका लागि युएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक सहयोगका लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिक लाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाएको थियो । त्यस पश्चात नेपाली राजदुतावासको रोहवरमा गैर आवासीय नेपाली संघ युएईको संयोजकत्वमा युएईमा क्रियाशील सबै संघसस्थाहरु सदस्य रहने गरी विगत डेड महिना अघि देखि ब्लड मनि जुटाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा युएईकालागी नेपाली दुतावासका कार्यबहाक राजदुत सागर प्रसाद फुयाल, श्रम कन्सुलर भेषबहादुर कार्की तथा युएईमा कृयाशिल विभिन्न सघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर