सुनसरी।
सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी शनिबार चट्याङ लागेर घाइते भएका छन्।

दिउँसो २ बजेतिर वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन बिष्ट र रोशन बस्नेत घाइते भएका हुन्।

घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ।
Views: 184

