Aamsanchar

लाप्चा जातिको बसोबासस्थल अलपत्र

Author Image
आइतवार, वैशाख १६, २०७५

इलाम।

इलामको पूर्वी भेगमा न्यून संख्यामा बसोबास गर्ने लोपोन्मुख लाप्चा जातिको बसोबासस्थल अलपत्र परेको छ ।

इलाम सदरमुकाम नजिकै रहेको गोदकको असलेखोला किनारमा परापूर्वकालदेखि बसोबास गर्दै आएका लाप्चा जातिको गुफा, ओखल ढुंगा, जाँतो भएको ठाउँ संरक्षणको अभावमा अलपत्र परेका हुन् ।

ऐतिहासिक स्थल संरक्षणको अभावमा ओझेलमा समेत पर्दै आएका छन् ।

लाप्चाहरुले आफूहरुको बसोबास रहेको स्थान, चमेरे गुफा, असले झरनालगायतका ठाउँको संरक्षण र प्रचारप्रसार गर्न माग गरेका छन् ।

बौद्ध धर्मावलम्बी लाप्चा जातिको आफ्नै पहिरन छ । नेपालमा लाप्चा जातिको जनसंख्या करिब ३ हजार ४ सय ४५ छ ।-इमेजखबरबाट

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर