मोरङ।

गत चैत्र २५ गते गोली प्रहारबाट घाईते भई उपचार गराई रहेका हिन्दू धर्मगुरु स्वामी श्रीनिवासाचार्य आइतवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनलाई विराटनगरमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गएको बेलामा गोली प्रहार भएको थियो । गोली प्रहारवाट गम्भिर घाइते श्रीनिवासचार्यको झण्डै एक महिना लामो उपचार भएको छ । जतुवामा आयोजित श्रीमद् भागवत पुराणमा सहभागी हुन विराटनगर पुगेका श्रीनिवासाचार्य माथि अज्ञात समुहले गोली प्रहार गरेको हो । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका श्रीनिवासाचार्य स्थानीय न्यूरो अस्पतालमा उपचाररत पछि घर फर्केका हुन् । तीन साता लामो उपचार पछि उनको अवस्था सामान्य बन्दै गएका कारण अस्पतालले डिस्चार्ज गरेको छ ।
अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरेर सो बिषयमा जानकारी गरएको हो । न्यूरो अस्पतालका अधिकृत तुलसी उप्रेतीले विभिन्न चरणको उपचारपछि अवस्था सुधारोन्मुख डिस्चार्ज गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमास्वामी श्रीनिवासाचार्यले घटनापछि आफुले पुर्नजीवन पाएको प्रतिक्रिया दिएका छन् । उनले अब फेरी विगतझैं धार्मिक कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
Views: 160

