बिर्तामोड,

प्रदेश –१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले सहकारी क्षेत्र बचत र ऋणमा सीमित हुँदा अन्य व्यावसायिक क्षेत्रमा लगानीको आधार कमजोर भएको बताएका छन् । उनले सहकारीलाई उत्पादन र उद्यमसँग जोड्न आवश्यक रहेको जनाए ।

आइतबार राष्ट्रिय सहकारी बैंक शाखा बिर्तामोडले आयोजना गरेको बैंक र सहकारी संघ–संस्थाको अन्तरसम्बन्ध बिषयक कार्यक्रममा बोल्दै आङ्वोले लामो समय पछि राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक सम्बृद्धिको बाटो पहिल्याउनु पर्नेमा जोड दिए । आङ्वोले सहकारी साझा व्यावसाय भएको धारणा राखे ।

‘सहकारी सानो पुँजी र निम्नआय भएका परिवारको जीवनस्तर सुधार्ने व्यवसाय हो’ उनले भने,‘ सरकारले सहकारीलाई तेस्रो आर्थिक खम्बाका रुपमा स्वीकारेको छ,अब यसको गुणात्मक विकासमा तपाईंहरुको योगदान आवश्यक छ ।’ मन्त्री आङ्वोले सहकारीलाई आर्थिक सम्बृद्धिको मजबुत आधार खम्बा भएको बताए । उनले सहकाकरीलाई सार्थक रुप दिनका लागि आर्थिक समृद्धि आवश्यक रहेको धारण राखे ।

प्रदेश सरकारले सहकारी ऐन निर्माणमा गर्दा सहकारी क्षेत्रबाट आवश्यक सल्लाह र सुझाव लिने प्रतिबद्धता आङ्वोले जनाए । सहकारी क्षेत्रले युवा पिँढीलाई रोजगार दिन सफल भएकोमा जोड दिदै यसलाई थप फराकिलो बनाउनु पर्ने बिचार व्यक्त गरे । सहकारी क्षेत्रले बेरोजगारी र गरिबी हल गर्न महत्वपूर्ण भूमिका खेलेको दृष्टान्त सुनाउँदै उनले सहकारीको मजबुतिकरण आवश्यक भएको आँैल्याए ।
उनले सहकारी क्षेत्रका विकृति विसंगति हटाउनु पर्ने सुझाव दिए । परम्परागत प्रबृतिबाट सहकारी अघि बढेको भन्दै अबका दिनमा प्रदेश सरकार सहकारीसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाए ।राष्ट्रिय सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगीले सहकारी बैंक प्रगतिको अभियानमा निरन्तर लागि परेको बताए । राष्ट्रिय रुपमा नै एकै प्रकारको सहकारी ऐनको आवश्यक रहेको उल्लेख गरेका उनले सहकारी क्षेत्र आर्थिक अभिभावकत्व ग्रहण गर्न सफल भएको जनाए । आफू राजनीतिककर्मी भन्दा सहकारीकर्मी बढी रहेको जनाएका उनले सहकारीले आर्थिक क्रान्ति गर्न सफल भएको दाबि गरे ।
राष्ट्रिय सहकारी बैंकले शाखा भित्र रहेर उत्कृष्ट कारोबार गर्न सफल भएको भन्दै सहारा नेपाल चारपानेलाई सम्मान ग¥यो । त्यस्तै नियमित कारोबार गर्ने सहकारी मध्येबाट उत्कृष्ट हुन सफल शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडलाई सम्मान गरिएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरीकुमार राना,उपप्रमुख कमला आर्चाय, सहकारी बैंकका प्रबन्धक सञ्चालक केवी उप्रेती, सञ्चालक रामबहादु जिसी,सरकारी बैंक बिर्तामोड शाखा प्रमुख सबिना बस्नेत, जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्र गिरी,संघका पूर्व अध्यक्ष हरिचरण बानियाँ लगायतले बोलेको जिल्ला संघका सहसचिव भवानीप्रसाद दंगालले बताए ।

