Aamsanchar

आठ संस्थालाई प्लकिङ मेसिन

Author Image
सोमवार, वैशाख १७, २०७५

बिर्तामोड।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजनामा शनिवार २१औं राष्ट्रिय चिया दिवस मनाइएको छ ।

‘चिया कफी रोपौ, आत्मनिर्भर बनौ’ भन्ने नाराका साथ बीरेन्द्र मावि चन्द्रगढीमा कार्यक्रम गरिएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त क्षेत्रीय प्रमुख केन्द्रकुमार लिम्बूको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोर्तेलले झापा जिल्लामा चियाको प्रबल सम्भावना बोकेको चिया मजदुर उद्योगको साना किसानसँग मूल्य र ज्याला सम्बन्धी एकरुपता नहुँदा समस्या खड्किएको बताए । कार्यक्रममा झापाली साना चिया व्यवसायिक संघका अध्यक्ष पूर्णकुमार कार्कीले स्थानीयस्तरमा व्यवसायिक चिया किसानको समस्याको पहिचान गर्न जरुरी रहेको बताए ।

त्यस्तै चिया कफी बिकास बोर्डका सदस्य भोजराज प्रधानले चिया कफी व्यवसायिक रुपमा विस्तार गर्न चिया कफी खेतीतिर उन्मुख हुनुपर्नेमा जोड दिए । साना किसान चिया सहकारी संस्था लि. हल्दिबारीका अध्यक्ष हर्क तामाङले साना चिया किसानहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन आउनुपर्ने बताउँदै चियाका मजदुरको ज्याला र चियाको मूल्य, बजार बगान, प्रशोधन व्यवस्थापन गर्न सरोकारवाला निकायले सोच पु¥याउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले ५० प्रतिशत अनुदानमा वितरण गरिने प्लकिङ मेसिन सिंगल तीन थान डबल ५ थान गरी जम्मा ८ थान वितरण गरिएको थियो । उक्त मेसिन पाउने संस्थाहरुमा शुभ चिया किसान सहकारी संस्था, सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था लि. बाहुनडाँगी, पाराखोपी साना किसान सहकारी संस्था लि. हल्दिबारी, साना किसान कृषक सहकारी संस्था लि. पृथ्वीनगर, गोरर्खा टी इस्टेट प्रालि सूर्योदय, कन्याम इलाम चिया उत्पादक सहकारी संस्था लि. सूर्योदय, साना किसान चिया उत्पादक सहकारी संस्था लि. हल्दिबारी रहेका छन् ।

कार्यक्रमा निमित्त क्षेत्रीय प्रमुख लिम्बूले चिया कफी खेती सम्बन्धी समस्या मूल्य विवाद स्थानीयस्तरमा उत्पादित बस्तु भएकोले स्थानीय सरोकारवालसँग समन्वय गरी स्थानीयस्तरबाट सुझाउनुपर्ने, छिट्टै चियाको लोगो नीति कार्यान्वयन गरी बजार व्यवस्थापन गर्नुपर्ने, अनुदान कार्यक्रमबाट किसानस्तरमा प्रविधि भित्र्याई सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । मीनबहादुर अगुवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नवीन कोइरालाले गरेका थिए ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर