Aamsanchar

मृत्युभएको भनिएका ब्यक्तिले जीवन पाउदा, परिवारका सदस्य र चिकित्सक दंग

Author Image
सोमवार, वैशाख १७, २०७५

पत्रकार सम्मेलनमा खुशियाली व्यक्त गर्दै विरामी र चिकित्सक । फोटो : विनोद पाण्डे कमल/आमसंचार

(नरेन्द्र ढकाल)

भाई कहाँ लाने हो ? के दिदी तिम्रो भान्जाको हिजै निधन भएको होइन ? कहाँ दिदी भान्जा त बोल्न थाली सकेनी होस आयो । हो र ए लल हामी पनि हेर्ना आउछौं । यो संवाद भन्दै गर्दा जती खुशी देखिन्थे मगेन राई मृत्यु भइएसक्यो भनिएका कृष्ण राईको अनुहारमा पनि छुट्टै चमक देखिन्थ्यो ।

झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले सवारी दुर्घटनामा परेर गम्भिर घाइते भएका पाँचथरको लुङरुपाका घर भएका २७ वर्षीय कृष्ण राई अस्पतालको बेडमा रहेका थिए । चैत्र २७ गते बिर्तामोड स्थित अतिथी सदन रोडमा आफैले सञ्चालन गरेको मोटरसाइकल कुद्दाकुदै लक भएर दुर्घटना हुदाँ पछाडीबाट स्कुटरले ठक्कर दिदाँ राई गम्भिर घाइते भएका थिए ।

अचेत अवस्थामा बीएण्डसी टिचिङेग हस्पिटल पु¥याइएका राईलाई कसैले बाँच्ला भन्ने सोचेका थिएनन् । बीएण्डसी टिचिङ्ग हस्पिटलका मेडिलक डाइरेक्टर एवं वरिष्ठ न्यूरो सर्जन डाक्टर रोहितकुमार यादवसहितको सर्जजन टिमको अथक प्रयास पछि कृष्णले नयाँ जीवन पाएका छन् । उनको स्वास्थय अवस्थाको विषयमा जानकारी दिने उद्धेश्यले हस्पिटलले सोमबार पत्रकार सम्मेलन गर्दै उनी अब ठिक भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेडिकल डाइरेक्टर डा.यादवले कृष्णको देब्रो पट्टिको हड्डी भाँचीएको, किड्नीमा असर परेको तथा फोक्सोमा समेत चोट परेकाले उनको अवस्था अत्यन्त गम्भिर भएपनि चिकित्सकको निरन्तरको प्रयासका कारण बचाउन सफल भएको जानकारी दिए ।

बीएण्डसी हस्पिटलले मृत्यु भइसकेको ब्यक्तिलाई एक सेकेण्ड पनि नराख्ने भन्दै केही ब्यक्तिहरुले मृत्यु भएपछि पनि पैसा लुट्न हस्पिटलले उपचार हुदैं्छ भनेर मान्छे राखने गरेको भनेर हस्पिटलको दुष्प्रचार गरेको बताएका छन् । यस्ता गलत हल्लाको पछि नलाग्न डाक्टर यादवले सबैसंग आग्रह समेत गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै कृष्णका मामा मगेनले आफुलाई पनि भाञ्जाको मृत्यु भएको र हस्पिटलले ढाँटी रहेको भनेर भन्ने गरेपनि आफुले हस्पिटल र डाक्टर प्रति विश्वास गरेकै कारण आफ् भाञ्जालाई यो अवस्थामा देख्न पाएको भन्दै खुशी ब्यक्त गरे । उनले चिकित्सकहरुलाई धन्यवाद समेत दिए ।

यसैबीच हस्पिटलले झापाकै भद्रपुर–२ पृथ्वीनगर घरभएका २७ वर्षीय मिलन राईलाई पनि नयाँ जीवन दिएको छ । २७ दिनसम्म आइसियुमा राखिएका मिलनमा पाचन प्रणालीमा समस्या भएपछि हस्पिटलमा भर्ना गरिएको थियो । प्याङक्रियाज ग्रन्थीमा समस्यापछि उनी बिरामी परेपछि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भए लगत्तै उनलाई आईसियुमा राखेर उवचार सुरु गरेको उनको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डाक्टर रोहितकुमार यादवले बताए । उनले भने–पाचन प्रणालीमा समस्या भएपछि उनलाई पेट दुख्ने समस्या भएको र यसको असर मुटु, ब्रेन, फोक्सोमा पर्ने हुदाँ बेलैमा उपचार नपाएमा ज्यानै जान सक्ने सम्मको खतरा रहेको हुन्छ ।

चिकित्सकको लामो प्रयासपछि उनको स्वास्थ्यमा सुधार आएपछि उनी अहिले पूर्ण रुपमा ठिक भएको बताए । पत्रकार सम्मेलनमा बोल्दै मिलनले भने– मलाई कसैले बाँच्छ भनेर सोचेका रहेनछन् । पृथ्वीनगरमा बीएण्डसी हस्पिटल विरुद्ध गलत हल्ला समेत फिँजाइएको रहेछ म मरेको र पैसा लुट्न मलाई आईसियुमा राखिएको भनेर तर जब म ठिक भएर घर पुगे उनीहरुको बोलि बन्द भएको छ । यस्ता गलत हल्लाको पछि नलाग्न मिलनले सबैसंग आग्रह समेत गरेका छन् । उनको उपचारका लागी सबै उपाय अप्नाइएको उनको उपचारमा संलग्न डाक्टर निजर कयालले जानकारी दिए ।

हस्पिटलले गम्भिर प्रकृतिका विरामीहरुको सफल उपचार गर्न सफल भएपनि केही गिरोहले नै हस्पितलको बारेमा नकारात्मक प्रचार गरिरहेको भन्दै गलत हल्लाको पछि नलाग्न हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले सबैसंग आग्रह गरे । पूर्वका विरामीहरुको मन जित्दै गएको हस्पिटलले विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुबाट सफल उपचार गराउदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर