चन्द्रगढी फुटबल एकाडेमी (मुनाल) झापाको भद्रपुरमा जारी जिल्लास्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा सजिलै प्रवेश गरेको छ ।
भद्रपुर ३ पृथ्वीनगर स्थित ज्ञानेचोक नजिकैको खेल मैदानमा सोमबार भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा फुटबल क्लव राजगढलाई एकको विरुद्ध चार गोलको फराकिलो अन्तरले पराजित गर्दै चन्द्रगढी सेमी फाइनलमा प्रवेश गरेको हो ।
झापा ११ का कर्ण लिम्बु, बिशाल गुरुङ, दिपाङ्गसु राउत र नेपाल पुलिस क्वलका रेजिन सुब्बाको घरेलु टिम चन्द्रगढीले खेलको २८ औ मिनेटमै गोल गर्दै अग्रता लिएका थिए ।
डिप वक्स नजिकै पाएको फ्रि किकलाई सदुपयोग गर्दै कर्ण लिम्बुले बललाई जाली चुमाए । एक गोलले अग्रता लिएको ३ मिनेट बित्न नपाउँदै राजगढका लक्ष्मण चौधरीले २९ औ मिनेटमा गोल फर्काएपछि पहिलो हाफ्को खेल १÷१ को बराबरी टुगिएको थियो ।
दोस्रो हाफ्मा आक्रमक पारी खेल्दै चन्द्रगढीका रेजिन सुब्बाले खेलको ४३ औ मिनेटमा गोल गर्दै टिमलाई एक गोलले अग्रता दिलाए । खेलको ६५ औ मिनेटमा चन्द्रगढीका बुद्ध लामा र ८५ औ मिनेटमा कर्ण लिम्बुले एक÷एक गोल गरे । खेलको म्यान अफ द म्याच चन्द्रगढीबाट दुई गोल गरेका कर्ण लिम्बु घोषित भए । उनलाई नगद तथा शिल्डसहित पुरस्कृत गरिएको थियो ।
सिरीजङ्गा स्पोटिङ्ग क्लवको आयोजनामा मंगलबार हुने खेल काँकडभिट्टा फुटबल एकाडेमी र एलेभेन साइनिङ्ग स्टार भद्रपुर बीच प्रतिस्पर्दा हुने आयोजक समितिका खेल संयोजक भीम लिम्बुले जानकारी दिए । बैशाख २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजार १११ र उपविजेता टिमलाई नगद ३१ हजार १११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।