Aamsanchar

फेसबुकमा अश्लील फोटो पठाउने एक पक्राउ

Author Image
सोमवार, वैशाख १७, २०७५

झापा,

विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक एकाउण्ट बनाएर अश्लील फोटो पठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साविक काभ्रे गाविस ५  घर भइ झापा मेचीनगर १० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ भन्ने श्यामकृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

तामाङले प्रयोग गर्ने ९८०५३९७४९८ मोबाइल नम्बरको कल डिटेलको आधारमा बिर्तामोड ५ स्थित इलाम बस पार्कबाट सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तामाङले विभिन्न व्यक्तिका नाममा नक्कली फेसबुक एकाउण्ट बनाएर म्यासेन्जरबाट अश्लील फोटो पठाउने गरेका थिए।

यस्तै, म्यासेज पठाउने, त्यसलाई पोष्ट गर्ने, म्यासेञ्जरमार्फत भेट्न बोलाउने, भेट्न नआउँदा अपशब्द प्रयोग गरेर हैरान बनाएपछि पीडितहरूले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।  तामाङलाई केही सार्वजनिक अपराध ऐन, २०२७ अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Views: 141

प्रतिक्रिया (०)