Aamsanchar

अर्जेन्टिना र पोर्चुगलको विश्वकप यात्रा समाप्त, फ्रान्स र उरुग्वे क्वार्टरफाईनलमा

Author Image
आइतवार, असार १७, २०७५

एजेन्सी ।

विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ । २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जे्न्टिना पराजित बन्न पुगेको हो ।

यो पराजयसँगै अर्जे्न्टिनाको विश्वकप यात्रा सकिएको छ । फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि अर्जे्न्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको सुरुमै अर्जे्न्टिनाले अग्रता लिएको थियो ।

अर्जे्न्टिनाका ग्याब्रियल मेकार्डोले गोल गर्दै अग्रता लिएका थिए। तर त्यो अग्रता धेरैबेर कायम रहेन। खेलको ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे । उनी खेलको म्यान अफ द म्याच बने। खेलको अन्तिममा अर्जे्न्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए।

यसैबिच उरुग्वेले नकआउट चरणमा पोर्चुगललाई पराजित गरेको छ। उरुग्वेले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेका लागि दुवै गोल काभानीले गरेका हुन् । खेलको म्यान अफ द म्याच काभानीले खेलको सातौँ मिनेटमा गोल गरेका थिए ।

उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरे । पोर्चुगलका लागि पेपेले गोल गरेका थिए। उनले ५५ओँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । तर त्यो बराबरीलाई काभानीले धेरै समय टिक्न दिएनन्। यी दुई देशबीचको खेलमा बल अधिकांश समय पोर्चुगलको पक्षमा रह्यो। तर उरुग्वेको डिफेन्सलाई चिर्दै पोर्चुगलले गोल गर्न भने सकेन। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल पनि गर्न सकेनन् ।

समूहचरणमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए। त्यस्तै विजेता टिमका स्टार खेलाडी लुइस सुवारेजले पनि गोल गर्न सकेनन् । उनले केही राम्रा अवसर सिर्जना गरेपनि पोर्चुगलको डिफेन्सलाई चिरेर गोल गर्न उनी पनि असमर्थ रहे । पोर्चुगललाई पराजित गरेर क्वाटरफाइनलमा पुगेको उरुग्वेले अब फ्रान्सको सामना गर्ने भएको छ।

नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर फ्रान्स क्वाटरफाइनल पुगेको हो । क्वाटर फाइनलको पहिलो खेल उरुग्वे र फ्रान्सबीच असार २२ गते हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर