Aamsanchar

दुर्घटनामा जीवनको मृत्यु

Author Image
आइतवार, असार १७, २०७५

झापा।

मेची राजमार्ग अन्तगर्त झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे चोकमा आईतबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ गहिरहेको मे १ त ५८७३ नम्बरको ट्याक्टरमा सवार बुद्धशान्ति–१ डुम्रीबोटेका अन्दाजी १८ बर्षिय जीवन सार्कीको ट्याक्टरबाट लडेर मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट बुधबारेका प्रमुख चन्द्र राउतले बताएका छन् ।

उपचारका क्रममा बिएण्ड सी अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । पछिल्लो समयमा बुुद्धशान्ति क्षेत्रमा दुर्घटना बढिरहेको छ । केही दिन अघि मात्र बुद्धशान्ति– ४ का लक्ष्मण खतिवडाको पनि सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर