सुर्खेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले नागरिकको असन्तुष्टी पोख्न पाउने अधिकारलाई कुन्ठीत गर्न खोजको वताएका छन्।

राप्रपाको भातृ संगठन प्रजातान्त्रीक युवा संगठन कर्णाली प्रदेश समितिले आज विरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो वताएका हुन्। थापा सरकारले काठमान्डौ उपत्यकामा विभिन्न स्थानमा विरोध गर्न निषेध गरेको प्रति संकेत गर्दै यसवाट सरकारले वहुमतको दम्भ देखाएको आरोप लगाए।

साथै हिन्दु राज्य स्थापनाका लागी २ लाख मानीस सडकमा उतार्ने समेत थापाको भनाई छ।

Views: 130

