एजेन्सी,

भारतको एक चर्चित म्याग्जिनले बलिउड अभिनेत्री प्रियंका चोपडालाई ब्रम्हान्डकै हट महिला ठहर गरेको छ ।उक्त म्यागजिनले जून २०१८ को एडिसनमा उनलाई हट महिलाको उपाधि दिँदै उनको हट तस्वीर समेत पत्रिको कभर पेजमा समावेश गरेको छ ।


म्यागजिनले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘प्रियंका एकदम प्रतिभाशाली छिन् र सुन्दर पनि । करोडौं फ्यानहरुको समर्थनमा उनी २०१८ का १ सय महिलाहरुको लिस्टमा एक नम्बरमा आएकी छन् ।


प्रियंकाले यो उपाधि पाएको लगातार पचौँपटक हो ।अमेरिकी गायक निक जोनससँगको प्रेम सम्वन्धका कारण चर्चामा आएकी प्रियंका यतिबेला प्रेमी निकलाई लिएर भारतका विभिन्न स्थानमा घुमघाम गरिरहेकी छन् ।
Views: 163

