Aamsanchar

सरकारी गाडी तोडफोड

Author Image
आइतवार, असार १७, २०७५

दाङ, 

मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले तुलसीपुरमा आज तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार विद्यार्थीहरुले अदुवा अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७०, जिल्ला प्राविधिक कार्यालय रुकुमको बा१झ ८४२२ तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुरको मोटरसाइकल तोडफोड गरेका छन् ।

गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दंगिशरण गाउँपालिका–७ का प्रकाश चौधरीलाई पक्राउ गरेको छ । नेवि संघले केन्द्रीय कार्यक्रम अनुसार आज जिल्लामा सरकारी कार्यालयका गाडी सञ्चालनमा रोक लगाएको थियो ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर