Aamsanchar

अपांगता भएकालाई सिलाइ मेशिन वितरण

Author Image
सोमवार, असार १८, २०७५

पाल्पा,

रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ । अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो ।

नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान आर्जन भएका १० वटै वडाका प्रत्येक वडाका एक÷एक जना छनोट गरी मेशिन वितरण गरिएको समितिका अध्यक्ष पीताम्बर भट्टराईले बताउनुभयो ।

मेशिन वितरण गर्दै नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले यस्ता खालका कार्यक्रमले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम नगरपालिकाले ल्याउने बताउनुभयो ।

Views: 127

प्रतिक्रिया (०)