Aamsanchar

मेक्सिकोलाई हराउँदै ब्राजिल पुग्ला त क्वाटरफाइनलमा ?

Author Image
सोमवार, असार १८, २०७५

काठमाडौँ ।

रुसमा जारी विश्वकप फुटबलमा सोमबार प्रि–क्वाटरफाइनलको दुई खेल हुँदैछ ।रुस विश्वकप अन्तर्गत नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानले प्रतिस्पर्धा गर्दै छन् ।

आज हुने पहिलो खेलमा ब्राजिल र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ । समारा स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ई को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । मेक्सिको समूह एफ को उपविजेता बन्दै प्रि– क्वाटरफाइनलमा पुगेको हो ।

विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा युरोपियन राष्ट्र बेल्जियम र एसियन राष्ट्र जापानले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र जापानबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।

रोस्तोभ एरिनामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ । बेल्जियम समूह जी को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो भने जापानले समूह एच को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस र क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेका छन् । यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्कले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)