Aamsanchar

रसिया विश्वकपमा फहरायो नेपाली राष्ट्रिय झण्डा

Author Image
सोमवार, असार १८, २०७५

स्पेन र रसियाको खेलमा नेपाली मौलिक बाजा मादल पनि बज्यो

 

अनिल वाग्ले/ झापा ।

रसियामा जारी विश्वकप फुटबलमा नेपाली राष्ट्रिय झण्डा फहराउँदै नेपाली मौलिक बाजा मादल बजाइएको छ । माइभ्याली क्लव इलामका विप्लव कोइरालाले रंगशाला भित्रै मादल लगेर बजाएका छन् ।


आयोजक रसिया र स्पेन विच भएको प्रिक्वाटर फाइनल खेलमा रंगशाला भित्रै मादल बजेको हो । नेपाली राष्ट्रिय झण्डा सहित पुगेका एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उनकी श्रीमति दिपकला लिङदेन, छोरा पातुङहाङ, इलाम माइभ्याली क्लबका विप्लव कोइराला, एन्फा अन्तर्गत काठमाडौ क्लबका प्रतिनिधि सहितको टोलीले रंगशालामा नै गएर खेल हेरेका छन् ।

रंगशाला भित्रै नेपाली झण्डा र मादल बजाएर नेपाली पनि फुटबलका गतिला फ्यान हौं भन्ने पुष्टि गराएका छन् । त्यससँगै नेपाली मौलिक परम्पराको चित्रण गर्ने बाजा ‘मादल’लाई पनि विश्व सामु चिनाउने प्रयास सो टोलिले गरेको छ ।

विश्वमा फरक किसिमको नेपाली राष्ट्रिय झण्डा फहराउँदा सगरमाथा र बुद्धको देश नेपाल पनि फुटबलमा लम्किरहेको देश हो, चाँडै हामी यस्तै बाजा र झण्डा लिएर आप्mनै देशको समर्थनमा यसरी नै रंगशालामा विश्वकप फुटबल खेल्ने नेपाली खेलाडीको हौसलाका लागि देखिने छौं भन्ने संकेत पनि विश्व सामु गरेको छ । खेल सुरु हुनु अघि रंगशाला अगाडी पनि नेपाली बाजा बजाएर नेपालीहरु पनि फुटबलको मज्जा लिन आएका छौं भन्ने जनाउ सो टोलिले दिएको थियो ।

 


विश्वकप फुटबल हेर्न गएका एन्फा उपाध्यक्ष नेम्बाङ र उनकी श्रीमति नेपाली फुटबल जर्सीमा नै देखिएका छन् । नेम्बाङका अनुसार उनीहरुको ३८ सदस्यीय टोली छ भने अरु ३० जना जतिको पनि सहभागिता रहेको छ । एन्फा उपाध्यक्ष सहितको टोलीले आगामी इंग्लाण्ड र कोलम्बियाको खेल पनि हेर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर