Aamsanchar

पारिश्रमिक लिएर पूर्व खेलाडी दर्शक

Author Image
सोमवार, असार १८, २०७५

एजेन्सी ।

फिफाले रसिया विश्वकपमा विश्वको ध्यान तान्न अनेकन प्रयास गरेको छ।

दर्शकलाई धेरैभन्दा धेरै मैदानमा लग्ने जुक्ति गरिरहेको फिफा र आयोजकले टिभिमा विश्वकपको मनारोञ्जन लिनेहरुलाईपनि दिग्दारी नहोस भनेर पुर्व लिजेन्ड खेलाडीहरुलाई मैदानमा लग्ने गरेको छ। विश्वकपमा नाम कमाएका खोलडीलाई फुटबल देखाउन सवै प्रवन्ध फिफाले नै गरेको छ ।

यसका साथै फिफाले पूर्व लिजेन्ड खेलाडीहरुलाई प्रतिखेल ९ हजार देखि ११ हजार डलर सम्म पेमेन्ट गर्दै आइरहेको छ। अर्जेन्टिनी लिजेन्डर डिएगो म्याराडोनालाई फिफाले विशेष दर्शक बनाएको छ । फिफाले रोनाल्डो, इकेर कासिलास, कार्लोस वाल्डेर, कार्लोस पुएल, सावी र साइमुल इटो लगायतका खेलाडीलाई राम्रो रकममा अनुबन्ध गरेको छ त्यो पनि विश्वकप हेर्नका लागि ।

अन्य स्टार खेलाडीहरु भन्दा अहिले संसारको ध्यान भने म्यारोडोनाले तान्ने गरेका छन्। उनका अनेक हर्कत अन्तराष्ट्रिय मिडियाको मसला बन्ने गरेको थाहाखबरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)