गौरादह,

झापाको गौरादहमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका वडा नम्बर–१ डिपुचोक नजिकै मे ३ ख ७४८४ नम्बरको ट्रिपरले मे ४ प १४७४ नम्बरको मोटर साईकललाई ठक्कर दिदाँ २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा गौरादह–१ का दिलिप बराल र झापाकै बाहुनडागीका नेल्सन भण्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनमा एक जनाको घाईते भएको तर घाईतेको परिचय खुल्न नसकेको बताइएको छ । घाईतेको गौरादहकै मदन मेडिकल हलमा प्राथमिक उपचार भैरहेको छ । घाईतेको खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Views: 189

