Aamsanchar

देशभर भारी वर्षा, मृत्यु हुनेको संख्या पाँच, बेपत्ता दुई

Author Image
सोमवार, असार १८, २०७५

काठमाडौं ।

शनिबारदेखि अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने तीनजना बेपत्ता भएका छन्।

डोल्पामा घर भत्किँदा तीनजनाले ज्यान गुमाएका छन्।रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा सोमबार बिहान करिब दश बजेतिर घर भत्किँदा सुत्केरी आमा, शिशुसहित तीनको मृत्यु भएको हो। भान्छा कोठामा आगो तापेर बसिरहेका सुत्केरीसहित तीनजना पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका(५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्कर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको १५ वर्षीया छोरी चित्रा विश्कर्मा रहेका छन्।

त्यस्तै नेपालगञ्‍जमा पनि भारी वर्षा भएको छ।वर्षासँगै आएको बाढीमा परी एकको ज्यान गएको छ।बाँकेको बैजनाथ गाउँपालिका(५ का लोकबहादुर सुनारको जेठी नालाको बाढीले बगाएर मृत्यु भएको हो भने एक बेपत्ता छन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले दिएको जानकारी अनुसार ३५ वर्षीय सुनारको खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो।

सोही खोलाले बगाएर बेपत्ता भएका बैजनाथ(३ का तुलबहादुर बुढाको अवस्था भने अज्ञात छ।बाढीका कारण नेपालगन्ज(गुलरिया सडक खण्डमा पर्ने बाँकेको खजुरा गाउँपालिकाको किरण नाला पश्चिममा बाढीका कारण सडक अवरुद्ध भएको छ।

यस्तै वीरगञ्जमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साको पर्सागढी नगरपालिकामा रहेको पन्थी नदीमा आएको बाढीले ४ जना विद्दार्थी बगाएको छ।

बाढीमा परी एकजना विधार्थीको मृत्यु भएको छ भने एक बेपत्ता छन्।बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की १५ वर्षीया प्रतिमा रामको ज्यान गएको हो। बाढीले बगाएका पर्सागढी ८ का १५ वर्षीय सुरेन्द्र महत्तोको अवस्था भने अज्ञात छ। बाढीमा परेका दुईजना विधार्थीको भने उद्धार गरिएको छ।–अन्नपूर्ण पोष्टबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर