Aamsanchar

आयल निगमले १० महिनामा १ खर्ब ३५ अर्बको इन्धन बेच्यो

Author Image
मङ्गलवार, असार १९, २०७५

काठमाडौं ।


सरकारले इन्धनका उपभोक्ताबाट विभिन्न शीर्षकमा पछिल्ला १० महिनामा ४३ अर्ब रुपैया कर संकलन गरेको छ।

सरकारले उपभोक्ताबाट विभिन्न शीर्षकमा १० महिनामा ४२ अर्ब ८३ करोड रुपैयाँ कर संकलन गरेको खबर कारोबार दैनिकमा छ। नेपाल आयल निगमले इन्धन आयत गरी बिक्री गरेवापत सो रकमबराबरको कर संकलन गरी सरकारी ढुकुटीमा जम्मा गरेको हो।

निगमले १० महिनामा १ खर्ब ३४ अर्ब १८ करोड रुपैयाँबराबरको ३१ लाख ३५ हरजार ९ सय ८ किलोलिटर इन्धन खरिद गरेवापत सो रकम संकलन गरेको हो। निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले १० महिनामा १० महिनामा ४२ अर्ब ४३ करोड रुपैयाँ विभिन्न शीर्षमका कर संकलन गरिएको बताए।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर