काठमाडौं ।

देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन्।

डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ।
आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मत्यु भएको गृहमन्त्रालयले जनाएको छ। गृहका अनुसार अत्यधिक वर्षाबाट आठ जिल्ला प्रभावित भएको समाचार कान्तिपुर दैनिकमा छ।

रोल्पा र बाँकेमा बाढीपहिरोमा परेर सोमबार छ जनाले ज्यान गुमाएका छन्। पहिरोले घर पुरेपछि रोल्पमा सुत्केर र शिशुसहित तीन जनाको मृत्यु भयो।
Views: 128

