काठमाडौं ।

मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई पक्राउ गर्न आइतबारदेखि धरपकड अभियान चलाएको छ।

पहिलो दिनमै सयौं आप्रवासी पक्राउ परेका छन्। त्यस्ता कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको ‘पुनः भर्ना एवं दर्ता कार्यक्रम’को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २२९ जना पक्राउ परेको खबर कान्तिपुर दैनिकमा छ।
ती मध्ये कति नेपाली छन् भन्ने पूर्ण जानकारी आइसकेको छैन। पक्राउ परेकामा धेरैजसो इन्डोनेसियाली र बंगलादेशी नागरिक रहेको बताइएको छ।

अधिकारीहरुले अवैध रुपमा बसेकाआप्रवासी कामदार र उनीहरुलई रोजगारी दिने रोजगारदाता दुवैलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
Views: 122

