Aamsanchar

झापा गाउँपालिकामा स्वास्थ्य शिबिर

Author Image
मङ्गलवार, असार १९, २०७५

सुरुङ्गा।

झापा गाउँपालिका तथा कनकाई उद्योग वाणिज्य संघको आयोजनामा झापा गाउँपालिकामा स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

बिराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा एक दिने विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ७० जना लाभान्वित भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । जिल्लाकै पिछडिएको क्षेत्र मानिने झापा गाउँपालिकामा सम्पन्न भएको स्वास्थ्य शिविरमा टाढाटाढाबाट पनि सेवाग्राहीहरु पैदल हिँडेर आएका थिए ।

उक्त झापा गाउँपालिका वडा नम्बर ४ स्थित डिल्लीराज माविको प्रांगणमा भएको थियो । शिबिरमा विराट मेडिकल कलेजका मानव संशाधन प्रमुख कृष्णराज कडेलको नेतृत्वमा १६ जना विशेषज्ञ डाक्टरहरुको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो भने उनीहरुलाई निःशुल्क औषधि प्रदान गरिएको थियो । त्यस्तै सो शिबिरमा नेपाल परिवार नियोजन संघ झापाको सहयोगमा १ सय महिलाहरुको पाठेघरको क्यान्सरको समेत निःशुल्क परीक्षण गरिएको छ ।

नेपाल परिवार नियोजन संघ झापाका ३ जनाको टोली शिबिरमा खटेर सेवा प्रदान गरेको थियो । शिबिरमा फिजिसियन, छाला रोग, स्त्री तथा प्रसुति, हाडजोर्नी, दन्त रोग लगायतका सेवाहरु रहेका थिए । शिबिरको उद्घाटन कार्यक्रम कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष शाहले दुर्गम क्षेत्रको रुपमा रहेको झापा गाउँपालिकावासीहरु स्वास्थ्य सेवाबाट वञ्चित रहँदै आएकाले सो स्वास्थय शिबिरको आयोजना गर्नुपरेको बताए । नेपाली कांग्रेसका जिल्ला नेता देउमान थेबे, क्षेत्रीय सचिव शिव कँडेल, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना, महिला नेतृहरु धनमाया चिमरिया, कविता बस्नेत, शरणामती रेडक्रस सभापति जगन्नाथ राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कुमरखोदका सभापति सुन्दरलाल गणेश सहितले मन्तव्य राखेका थिए । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले शिबिर सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकी थिइन् । शिबिरमा कान्तिपुर मेडिकल विर्तामोडको सौजन्यमा ५ लाख रुपैयाँ बढीको औषधि वितरण गरिएको थियो ।

झापा गाउँपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष राजकुमार यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कनकाई उद्योग वाणिज्य संघका महासचिव सोमनाथ उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर