Aamsanchar

ग्याङ फाइट गर्दा छुरा प्रहारबाट एकको मृत्यु

Author Image
मङ्गलवार, असार १९, २०७५

धरान ।

Corpse

सुनसरीको धरान–१३ मा सोमबार राति दुई समूहबीच ग्याङ फाइटको क्रममा एक युवाको छुरा प्रहारबाट मृत्यु भएको छ ।

धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनीहरुबीच धरान–१३ फुस्रेमा एकअर्काबीच आक्रमण भएको थियो । सोही आक्रमणमा मृतक राईको नाइटोको दाहिने पट्टिको भागमा छुरी प्रहार भएको थियो ।

गम्भीर बनेका उनलाई उपचारमा लगेको केही समयमै मृत घोषित गरिएको प्रतिष्ठान प्रहरी पोष्ट धरानले जनाएको छ । झगडामा धरान–१३ का सुवर्ण राई घाइते बनेका छन् । उनको निधार र घाँटीको दाहिने पट्टि चोट लागेको छ ।

चक्कुले प्रहार गरेको झैं देखिएको प्रतिष्ठान प्रहरी पोष्टका सई तिलक गिरीले जानकारी दिए । मृतकको आन्द्राभुडी नै बाहिर निस्केको अवस्थामा प्रतिष्ठानमा ल्याइएको थियो ।

आक्रमणमा संलग्नमध्ये एकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाए पनि नाम भने खुलाएको छैन ।

Views: 143

प्रतिक्रिया (०)