Aamsanchar

यौन दुर्व्यवहारकाे आरोपमा स्वास्थ्यचौकीका प्रमुखसहित दुई पक्राउ

Author Image
मङ्गलवार, असार १९, २०७५

सखुवासभा ।

जिल्लाको पाँचखपन नगरपालिका-६ जलजला स्वास्थ्य चौकीमा कार्यरत दुईजना पक्राउ परेका छन्।

सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जलजला स्वास्थ्य चौकीका प्रमुख सलबहादुर श्रेष्ठ र सोही स्वास्थ्य चौकीमा कार्यरत उदयकुमार शाह रहेका छन्।

पीडित महिलाले आफूलाई दुईजना मिलेर यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खाँदबारीमा उजुरी दिएकी थिइन्। तर पीडित महिलाले उजुरी दिएको महिना दिनपछि मात्र प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका श्रेष्ठ र शाहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा खाँदबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।–थाहाखबरबाट

Views: 115

प्रतिक्रिया (०)