झापा,

नेपाल एसबीआई बैंक लिमिटेड विराटनगर अन्र्तगतका चार शाखाले मंगलबार झापामा फलफूलका बिरुवा वितरण गरेको छ । झापा गाउँपालिकाका –३ गौँरीगाउँका ८० घर परिवार र एक विद्यालयलाई चार सय फलफूलका विरुवा वितरण गरिएको हो ।

लिची, कटर, बारामासे कागाती र आँपका बिरुवा वितरण गरेको छ । २५औँ वार्षिक उत्सवको अवसरमा बैंकले कार्यक्रम गरेको हो । बैंककले सो अवसरमा नमुना प्राथमिक विद्यालय गौरीगाउँलाई पनि १५ वटा विरुवा उपलब्ध गराएको छ । ‘नेपाल इन्टिग्रेटेट भिलेज डेभ्लप’को सहकार्यमा ति बिरुवा वितरण गरिएको हो ।

खुस्बु ओलीको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले झापाका अन्य स्थानीय तहको तुलनामा झापा गाउँपालिका पछि रहेको कारण सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताए । बैंकले गरेको कार्यक्रमको प्रशंशा गर्दै कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए ।

३ नम्बर वडामा गाउँपालिकाको कार्यालय सार्ने योजना रहेको उनले सुनाए । कृषि क्षेत्रको विकास गाउँपालिकाको मुख्य लक्ष्य रहेको उनले बताए । स्थानीय चन्द्रबहादुर बुढाकोथीले बैंकले उपलब्ध गराएको विरुवाको संरक्षण गरी आम्दानीको स्रोत बनाउने लक्ष्य रहेको सुनाए ।
बैंकका क्षेत्रीय प्रबन्धक उमेश कार्कीले बैंकको ध्यान विकासको पहुँचबाट पछि परेको क्षेत्रमा केन्द्रित रहेको जनाए । ग्रामीण क्षेत्रमा लगानि गर्ने बैंकको लक्ष्य रहेको उनले बताए । निम्न आर्थिक अवस्था भएका नागरीकाको पहिचान गरी झापा गाउँपालिकामा कार्यक्रम ल्याइएको बैंकका बिर्तामोड शाखा प्रमुख शिव दाहालले बताए ।
कार्यक्रममा एसबीआई बैंक दमक शाखा प्रमुख सुमनराज सुवेदी, इटहरी शाखा प्रमुख उदय पञ्जियार थारु, मधुमल्ला शाखा प्रमुख प्रवेश खनाल लगायतको उपस्थिति रहेको थियो । कृषकलाई विरुवा रोप्ने तरिका गोपाल नर्सरी फर्म शिवसताक्षीकी सञ्चालक मेरिना लुईटेलले सिकाएकी थिइन् ।
नमुना विद्यालयकी प्रध्यानाध्यापक कमला विकले सञ्चालन गरेको कार्यक्रमको स्वागत विद्यालयका व्यवस्थापन समितिमा अध्यक्ष जगनाथ पौडेलले गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले गाउँपालिकामा बैंकको शाखा खोल्न आवश्यक रहेकोमा जोड दिए ।

