Aamsanchar

जनताको अधिकार विपरित निषेधाज्ञा जारी, संयोजक डा भट्टराई

Author Image
बुधवार, असार २०, २०७५

काठमाडौँ, 

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकार विपरित सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवाद उन्मुख विरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको धारणा व्यक्त गर्नुभयो ।

डा भट्टराईले भन्नुभयो, “लोकतन्त्रका सामान्य मूल्य मान्यता विपरित आधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ, यो लोकतन्त्रलाई सङ्कुचित गर्ने काम हो ।”

शिक्षा र स्वास्थ्य कहिलै पनि मुनाफाको विषय हुन नसक्ने उल्लेख गर्दै उहाँले राज्यले सबै जनतालाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको प्रत्याभूत दिलाउपर्नेमा जोड दिनुभयो ।

संयोजक भट्टराईले वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उद्धार तथा राहत र क्षति न्यूनीकरणमा सरकारले सक्रियता देखाउनुपर्ने खाँचो औंल्याउनुभयो ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर