बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत जयपुर शनिश्चरे खण्डमा बुधबार स्कूल बस र मोटरसाईकल एक आपसमा जुद्धा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोडबाट बिद्यार्थी बोकेर जयपुरतर्फ जाँदै गरेको बिर्तामोड स्थित बाल्मीकि स्कूलको मे १ ख २०१९ नम्बरको बसले जयपुरबाट शनिश्चरे तर्फ जाँदै गरेको मे ६ प ३५३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बुद्धशान्ति–२ निवासी राजु खनालको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटना पछि बसका चालक बिजय माझिलाई इलाका प्रहरी कार्यालय शनिश्चरेले पक्राउ गरी थप अनुसंधानका लागी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।

Views: 146

