Aamsanchar

बुद्धशान्तिले घरनक्सा पासमा कडाई गर्ने

Author Image
बुधवार, असार २०, २०७५

बुधबारे।

बुद्धशान्ति गाउँपालिकाले घरनक्सा पास प्रक्रियामा कडाई गर्ने भएको छ ।

बुद्धशान्ति गाउँपालिकाको आयोजना तथा ‍‍डाउन हिल कन्स्ट्रक्सन एण्ड डिजाइनर्स प्रालिको संयोजनमा भएको ७ दिने डकर्मी तालिमको मंगलबार समापन कार्यक्रमका बोल्दै गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले आगामी आर्थिक बर्ष देखि घरनक्सा पास प्रक्रियामा कडाई गर्ने जनाउनुभएको हो । उहाले भन्नुभयो- “नक्सा बनाउने इन्जिनियर को हो, निर्माणकर्मी को हो ? त्यो सबै कुरा चाहिन्छ, त्यसको हामी माग गर्दछौ ।”

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत मनोज राउतले राष्ट्रिय भवन निर्माण संहिता जारी भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुदा अव्यवस्थित भवनहरुको निर्माण भइरहेकोले आगामी आर्थिक वर्षदेखि नक्सा पास नगरि घर बनाउन नदिने बताउनुभयो । ७ दिने तालिमका मुख्य प्रशिक्षक इन्जिनियर अर्जुन घिमिरेले गाउँपालिका, नक्सा बनाउने प्राविधिक र निर्माणकर्मी तिनै क्षेत्रको समन्वयले मात्र मापदण्ड युतm भुकम्प प्रतिरोधात्मक घर बन्ने विश्वास व्यतm गर्नुभयो ।

उहाले भन्नुभयो- “तिनै क्षेत्रको समन्वयले मात्रै भुकम्प प्रतिरोधी भवन बन्छ, अब बन्ने घरहरु मापदण्ड र भवन निर्माण संहिता अनुरुपको हुनुपर्छ, अर्को विकल्प छैन ।” गत असार १३ गते देखि शुरु भएको तालिममा बुधबारे र शान्तिनगरका ३७ जना निर्माणकर्मीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा उनिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

डाउन हिल कन्स्ट्रक्सन एण्ड डिजाइनर्स प्रालिका इन्जिनियर अर्जुन घिमिरे तथा सव इन्जिनियर द्धय विपिन रेग्मी र बद्रीप्रसाद गौतमले तालिमको सहजीकरण गरेका थिए

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर