Aamsanchar

पुँजी बजारमा सुधारको संकेत, लगानी कर्ता हत्तोसाहित भएर शेयर बिक्रि तर्फ उन्मुख नहुनुहोला

Author Image
बुधवार, असार २०, २०७५

झापा ।

पुँजी बजारमा सामान्य सुधार देखिएको छ । बजार थोरै बढ्न खोज्ने बित्तिकै बिक्री चाप आइहाल्दा अपेक्षा अनुसार वृद्धि हुन भने सकेको छैन ।

आर्थिक वर्षकै अन्तिम महिनाको पनि तेस्रो साता भएकाले अब बजारमा विस्तारै सुधार आउने अपेक्षा छ । विशेष गरी म्युचुअल फन्डहरुले अब बजार बढाउन केही भूमिका खेल्ने छन् ।

अधिकांश म्युचुअल फन्डहरुको प्रतिइकाई खुद मूल्यमा गिरावट आइरहेको छ । अब असारको अन्तिमतिर भए पनि उनीहरुले यसमा सुधार गरेर रिपोर्ट राम्रो देखाउने प्रयास गर्ने भएकाले बजार केही सुधार हुन सक्छ । साथै, ठूला लगानीकर्तालाई पनि मार्जिन कलको समस्या रहेकाले कम्पनीहरुको भाउ माथि लैजान अब पहल गर्नेछन् । यसको लाभ सबै लगानीकर्ताले पाउन सक्नेछन् । सेयर भाउ बढ्दा बैंक तथा वित्तीय संस्थालाई पनि फाइदा पुग्नेछ ।

किन भने उनीहरुलाई आफ्ना ग्राहकहरुलाई सेयर भाउ घट्यो भनेर मार्जिन कल गर्नुपर्ने अवस्थाबाट केही राहत मिल्न सक्छ । बजार धेरै घटिसकेकाले अब विस्तारै बढ्ने आशामा लगानीकर्ता बसेका छन् । यद्दपि, अझै पनि लगानीकर्ताहरु बैंकबाट लिएको ऋणको साँवा र ब्याज भुक्तानीको प्रेसरमा छन् । सोही कारण पनि दोस्रो बजारमा चाहेर पनि ठूलो रकम लगानी गर्न सकेका छैनन् ।

चालु आर्थिक वर्षको अन्तिम समय आइसकेकाले बैंक तथा वित्तीय संस्थाले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । यतिबेला नयाँ ऋण पाउने सम्भावना कम छ । असारको पहिलो साता नै ल्याउने भनिएको मौद्रिक नीति अझै आउन सकेको छैन । यद्दपि, केन्द्रीय बैंकले मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेको छ ।

मौद्रिक नीति लेखनमा पनि गभर्नर डा. चिरञ्जीवी नेपालले केही असहज महसुस गरिरहेका छन् । केही प्रमुख मुद्दामा गभर्नर र अर्थमन्त्रीको धारणा नमिल्दा मौद्रिक नीति आउन ढिलाई भएको केन्द्रीय बैंक सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच बेलाबखत खटपट हुन थालेकाले पनि लगानीकर्ताहरु ढुक्क हुन भने सकेका छैनन् । सेयर बजारका लगानीकर्ताले मौद्रिक नीति मार्फत राहत खोजिरहेका छन् ।

समग्र भनाईबाट स्रोत भन्छ – शेयर बजार अब घट्ने सम्भावना अब देखिएको छैन । त्यस कारणले लगानी कर्ताहरु हत्तोशाहित नभईकन आफेनो शेयर बचत गरेरै राख्न उचित देखिएको स्रोतको भनाई छ ।

नेप्से सूचक बुधबार ८.०४ अंकले बढेर ११८८.४० विन्दुमा अडिएको छ । कुल १६९ कम्पनीको २५ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ८ लाख ३३ हजार ८९१ कित्ता सेयर कारोबार भएका छन् । नेप्सेमा कारोबार भएका सबै समूहका सूचक बढेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)