Aamsanchar

२ पटक मात्र बिश्वकप जितेको उरुग्वेको जर्सीमा ४ स्टार हुनुको रहस्य यस्तो छ

Author Image
शुक्रवार, असार २२, २०७५

एजेन्सी ।

रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ ।

प्राविधिकरुपमा बलियो मानिएको टिम उरुग्वेका लागि काभानी र लुईस स्वारेजबीचको सन्तुलन बलियो पक्ष मानिएको छ । उनीसँगै टिममा गोडिन, म्यासिनो छन् । उता फ्रान्सका किलियन एम्बाफे भने जारी विश्वकपमा पेलेको रूपमा हेरिन थालिउएो अद्भुत क्षमताका खेलाडी हुन् । दुवै टिम उपाधिको दावेदार टोली हो तर एक टोली भने विश्वकपबाट बहिरीने छ । कुन टोली बाहिरीन्छ त्यो त आजको खेलबाट नै थाहा हुनेछ ।

यो पटक कुन टोलीले आफ्ने जर्सीमा स्टार थप्ने हुन् । सबै स्टार थप्ने दाउमा छन् । जर्सीमा स्टार थप्नु भनेको विश्वकपको उपाधि जित्नु हो । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिश्वकप जितेका टोलीलाई जति पटक बिश्वकप जितेको छ त्यहि नै संख्याको स्टार आफ्नो जर्सीमा राख्न अनुमति दिएको हुन्छ । त्यसैले विश्वकप जित्ने टोलीको आफ्नो जर्सीको लोगोमाथि विश्वकप जितेको आधारमा स्टार बनाको हुन्छ ।

बिश्वकप फुटबलको सर्बाधिक स्टार भएको जर्सी ब्राजिलको हो । अथार्त सबैभन्दा बढी विश्वकप जित्ने टोली ब्राजिल हो । ब्राजिलले हालसम्म ५ पटक बिश्वकपको उपाधि जितेको छ । यसै अनुसार ब्राजिलको ५ स्टार छ भने ४ पटक बिश्वकप जितेका इटाली र जर्मनीको समान ४-४ स्टार छ ।

सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ हालसम्म २ पटक मात्र बिश्वकप जितेको उरुग्वेको जर्सीमा पनि ४ स्टार छ । कसरि यस्तो भयो रु उरुग्वेले फिफाको नियम मिचेको हो त् रु या फिफाले युरुग्वेप्रति उदारता देखाएको हो रु यी दुवै होईन । उरुग्वेको जर्सीमा ४ स्टार हुनुको पछाडी एक रोचक प्रसङ्ग छ ।

उरुग्वेले पहिलो पटक सन् १९३० र दोस्रो पटक १९५० मा बिश्वकप जितेको थियो । १९३० को प्रतियोगिता पहिलो बिश्वकप थियो । तर उरुग्वे बिश्वकप प्रतियोगिता सुरु हुनु भन्दा अगाडी नै २ पटक बिश्व च्याम्पियन बनिसकेको थियो । बिश्वकप सुरु हुनु भन्दा अगाडी नै भएको प्रतियोगितालाई बिश्वकपको मान्यता दिएको थियो ।

बिश्वकप सुरु हुनु अगाडी युरुग्वेले २ पटका ओलम्पिक गेम्स जितेको थियो । त्यो प्रतियोगितालाई फिफाले ‘फिफा वल्ड च्याम्पियनसिप’ को मान्यता दिएको थियो । यसै च्याम्पियनसिप अन्तर्गत उरुग्वे १९२४ र १९२८ मा बिजयी भएको थियो । फिफा कै नियममा रहेर फिफा कै प्रत्यक्ष संलग्नतामा प्रतियोगिता भएको कारणले नै फिफाले यसलाई पनि बिश्वकप सरहको मान्यता दिएको हो । यहि कारण २ पटक मात्र बिश्वकप जितेको युरुग्वेले जर्सीमा ४ स्टार राख्ने सौभाग्य पाएको छ ।

तर पछि ओलम्पिकसंग विवाद भयो , फिफा आफै आर्थिक रुपमा सक्षम हुदै गएपछि आफैले बिश्वकप आयोजना गर्ने निर्णय गरेको हो ।फुटबल जगतमा यस्तो अवसर पाउने उरुग्वे मात्रै एउटा सौभाग्यशाली देश हो ।-न्यूज 24 बाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)