मुस्ताङ,

मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो ।

दुर्घटनामा परि १५, १६ जना मजदुर घाइते भएकाे मुस्ताङका डीएसपी महेन्द्र खड्काले जानकारी दिनुभयाे । अहिले केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ ।


त्यस्तै घाइतेहरुको उद्दारका लागि काठमाडौंबाट एयर डाइनेस्टी तथा पोखराबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङका लागि उडिसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।-उज्यालोबाट साभार
Views: 280

