मुम्बइ।

बलिउड अभिनेत्री सनी लियोनीको बायोपिकको ट्रेलर रिलिज भएको छ । सनीको यो बायोपिक निकै चर्चामा छ । लामो समयदेखि प्रतिक्षा गरिएको यो ट्रेलर जी५ च्यानलबाट रिलिज भएको हो । केही दिनअघि यो फिल्मको पोस्टर र टिजर रिलिज गरिएको थियो जसलाई दर्शकले निकै मन पराएका थिए ।

यो बायोपिकको नाम ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोनी’ हो । ट्रेलर दर्शकले यतिसम्म रुचाएका छन् कि रिलिज हुनासाथ सामाजिक संजालमा भाइरल भइरहेको छ । ट्रेलर रिलिज भएको ९ घण्टामै ५ लाखभन्दा धेरैले ट्रेलर हेरिसकेका छन् । यो फिल्म एक वेब सिरिज हो जसलाई १६ जुलाइदेखि जी ५ को वेब प्लेटफर्ममा प्रसारण गरिनेछ । डिसी नेपालबाट

हेर्नुहोस् ट्रेलर –


Views: 230

