Aamsanchar

विश्वकपमा २८ बर्षपछि सेमिफाइनलमा पुग्यो इंग्ल्यान्ड,क्रोएसिया सामु रुस निरिह

Author Image
आइतवार, असार २४, २०७५

एजेन्सी ।

विश्वकप २०१८ बाट क्वाटर फाइनलसम्म यात्रा गर्दै आयोजक रुस बाहिरिएको छ । रुसलाई क्वाटर फाइनलमा क्रोएसियाले पराजित गरेको हो । क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

निर्धारित समयमा एक एक गोलको बराबरी र अतिरिक्त ३० मिनेटको समयमा दुई दुईको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउट मार्फत निर्णय लिइएको हो । पेनाल्टी सुटआउटमा क्रोएसियालका लुका मोड्रिक, मार्सेलो ब्रोजोभिक, इभान राकिटिकि र डोमागोज भिडाले गोल गरे । क्रोएसियाका माटेओ कोभाकिकको प्रहार भने गोलमा परिणत हुन सकेन। हेर्नुहोस् भिडियोः आयोजक रुस पेनाल्टी सुटआउटमा चुक्यो ।

हजारौँ घरेलु दर्शकका सामू रुसमा सर्जेइ इग्नासेभिक, एलन जागोएभ र डेलर कुजियभले पेनाल्टी प्रहारबाट गोल गर्न सफल भएभने मारियो फर्नान्डेज र फेडर : मोलोभले गोल गर्न सकेनन् । जसका कारण खेल क्रोएसियाका पक्षमा ४–३ ले गयो खेलको ३१औँ मिनेटमा रुसले गोल गर्दै अग्रता लिएको थियो।

रुसका डेनिस चेरिसेभले सुन्दर गोल गर्दै आयोजकलाई अग्रता दिलाएको थियो । जुन अग्रतालाई क्रोएसियाले आठ मिनेटमै फर्काएको थियो। खेलको ३९औँ मिनेटमा क्रोएसियाका आन्द्रेज कर्मा्रिकले हेडमार्फत गोल गर्दै बराबरी गरेका थिए। उक्त बराबरी निर्धा्रित ९० मिनेटसम्मै रह्यो ।

त्यसक्रममा दुवै टिमले रक्षात्मक खेल्दै गोलका अवसर भने निकालिरहे । तर निर्णायक गोल गर्नभने चुके। अतिरिक्त समयको १०१औँ मिनेटमा गोल गर्दै क्रोएसियाले अग्रता लिएको थियो। उसका लागि डामागोज भिडाले गोल गरेका थिए। जसलाई रुसका मारियो फर्नान्डेज् ले ११५ मिनेटमा बराबरी गरे।

उक्त बराबरी अतिरिक्त समयको अन्तिमसम्म कायम रह्यो र खेल पेनाल्टी सुटआउटमा गएको थियो । क्रोएसिया सेमिफाइनल पुगेसँगै रुस विश्वकपको सेमिफाइनमा पुग्ने टिमको टुंगो लागेको छ। रुस विश्वकपको सेमिफाइनल चरणमा पुग्ने सबै राष्ट्र युरोपेली बनेका छन् । जहाँ फ्रान्स र बेल्जियम एवं इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् । सेमिफाइनलमा फ्रान्सविरुद्ध बेल्जियम र इंग्ल्यान्डविरुद्ध क्रोएसियाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उता इंग्ल्यान्ड सन् १९९० पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा जारी विश्वकप २०१८ को क्वाटर फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो । इंग्ल्यान्डलाई सेमिफाइनलमा र्पुयाउने क्रममा ह्यारी म्यागुइरे र डेले अल्लीले गोल गरेका थिए। दुवै गोल हेड मार्फत गरिएका थिए ।

डेलेले खेलको ५९औँ मिनेटमा गोल गरे भने पहिलो गोल ह्यारीले ३०औँ मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ द म्याच इंग्ल्यान्डका जोर्डन पिकफोर्ड भए। अब इंग्ल्यान्डले आजै राति हुने आयोजक रुस र क्रोएसियाबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा स्वीडेनले सुरुदेखि नै रक्षात्मक खेलेको थियो। तर उसको रक्षापंतीलाई इंग्ल्यान्डले दुवै गोल कर्नर बाट आएको बललाई हेडमार्फत जाली चुमाएर पार गरेको थियो । यता, स्वीडेनले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर