बुधबारे,
‘तपाई खेल जितेर हिपहिप हुर्रे, बालबालिका तपाईबाट पाएपछि हिपहिप हुर्रे’ भन्ने नाराका साथ झापा बुधबारेका ६ युवाले विपन्न विद्यार्थीको सहयोगार्थ गरेको जर्सी स्टलबाट उठेको रकमले बुद्धशान्ति गाउँपालिकाका सात वटै वडाका ३५ बढी विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ ।
विश्वकप फुटबल २०१८ सुरु हुनु भन्दा ७ दिन अघिबाट बुद्धशान्तिका गोकुल पौड्याल, अनिल वाग्ले, दिवस शिवाकोटी, रमेश तिम्सिना, दिनेश खतिवडा र पवन खनालको टोलीले आप्mनै लगानीमा जर्सी स्टल राखेको थियो ।
सो स्टलमा विश्वकपमा सहभागी विभिन्न देशका जर्सी राखिएका थिए । सो स्टलबाट उठेको रकम बुद्धशान्तिका ७ बटै वडाका ३५ बढी विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने सो अभियानमा सहभागी दिवस शिवाकोटीले जनाएका छन् । जर्सी स्टलबाट १३ हजार ५ सय रुपैंया नाफा भएको र सो रकमबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने अभियानका अर्का सहभागी गोकुल पौड्यालले जनाएका छन् ।
शैक्षिक सामग्री प्रदान गर्दा ७ वडाका ७ विद्यालय छनौट गरी ती विद्यालयका पनि अनि विपन्नलाई सामग्री प्रदान गरिने सो कार्यक्रमका सहभागी अनिल वाग्लेले जनाएका छन् । विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ जर्सी स्टल कार्यक्रम गरिरहँदा कार्यक्रम सफल पार्न सहयोगी मनहरु थपिएका छन् । विपन्न वर्गका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएकाले यस कार्य प्रति प्रभावित हुँदै विभिन्न सहयोगीहरुले सहयोग प्रदान गर्ने क्रम जारी रहेको छ ।
नेम्वाङ मोटरड्राइभिङ सेन्टर बुधबारेका सञ्चालक सञ्जील प्रसाईंले १० हजार, बुधबारे निवासी हाल अमेरिका बस्दै आएकी यशोदा शर्माले ८ हजार, लामो समय बुधबारे बसेका हाल अमेरिका निवासी गोपाल निरौलाले ४ हजार, त्यस्तै बुद्धशान्ति १ होक्से हाल मकाउमा बस्दै आएका रमेश वराल तथा सुजित वरालले संयुक्त रुपमा ५ हजार रुपैँया प्रदान गरेका छन् । शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम विश्वकप फुटबल सकिए पछि गर्नेहुँदा सहयोग गर्न चाहनुहुनेहरुलाई पर्खिरहेको सहभागी शिवाकोटीले जनाएका छन् ।
फुटबल विश्वले रुचाएको खेल भएकाले त्यसको मज्जा नेपालीहरुले पनि लिने हुँदा विश्वकपलाई सेवासँग जोडेर आफूहरुले नयाँ कार्यको थालनी गरेको सहभागी रमेश तिम्सिनाले बताएका छन् । त्यस्तै सहभागी दिनेश खतिवडाले विश्वकप सकिसके पछि कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई सामग्री प्रदान गरिने जानकारी दिए । अर्का सहभागी पवन खनालले कार्यक्रम सफल बनाउन जर्सी खरिद गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
विपन्न विद्यार्थीहरुका लागि कार्यक्रम आयोजना गरिएकाले यस क्षेत्रका खेलप्रेमीहरुले उल्लेख्य सहयोग गरेका थिए ।सो टोलीले पैसा संकलन गरेर झापाको विर्तामोड तथा धुलाबारी बजारबाट फुटबल जर्सी र फुटबल प्mल्याग ल्याएका थिए ।