Aamsanchar

फिल्ममा फ्लप भएपछि यी अभिनेत्री अर्बपतिसँग मोजमस्ती गर्दै

Author Image
आइतवार, असार २४, २०७५

काठमाडौं ।

कुनै पनि व्यक्तिको करियर सफल हुन्छ भन्ने छैन । मानिसले आफूले चाहेको करियर बनाउन संघर्ष गर्छन् । तर, संघर्ष गर्दागर्दै पनि मानिस सफल भएन भने अर्काे बाटो तय गर्न पनि पछि हट्दैन । यस्तै बलिउडका केही अभिनेत्री फिल्ममा फ्लप भए । अहिले उनीहरु विवाह बन्धनमा बाँधिएर आफ्नो वैवाहिक जीवन सुखमय रुपले बिताइरहेका छन् ।

फिल्ममा फ्लप भएपछि अभिनेत्री आयशा टाकिया, अमृता अरोडा र सेलिना जेटली विवाह बन्धनमा बाँधिएर सुखमय जीवन बिताइरहेका छन् । उनीहरुले अर्बपति व्यवसायीहरुसँग विवाह गरेका हुन् । आयशा टाकियाले आफ्ना प्रेमी तथा ठूलो व्यवसायी फरहान आजमीसँग विवाह गरेकी हुन् । सन् २००४ मा फिल्म ‘टार्जन द वन्डर कार’ बाट करियर सुरु गरेकी उनको ‘वान्टेड’ मात्रै फिल्म हिट भएको थियो ।

उनै आयशाले सन् २००९ मा प्रेमी फरहान आजमीसँग विवाह गरेकी थिइन् । फरहान होटेल व्यवसायी हुन् । यस्तै अमृता अरोडाले बिजनेसम्यान शकील लडकसँग विवाह गरेर आरामदायी जीवन बिताइरहँदा अर्की नायिका सेलिना जेटलीले अष्ट्रियाली होटेल बिजनेसम्यान पिटर हागसँग विवाह गरेर सुखमय जीवन बिताइरहेकी छन् ।-एजेन्सी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर