Aamsanchar

जारी विश्वकपमा बलिया टिमले हारे भन्नु गलत

Author Image
सोमवार, असार २५, २०७५

अनिल वाग्ले/झापा ।


झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले विश्वकप २०१८ सुरु हुनुभन्दा अधि नै स्पष्टसँग भनेका थिए यस पटक अनुमान गरेभन्दा फरक नतिजा आउँछ ।

हुन पनि त्यस्तै भयो उपाधिका दावेदार मानिएका टिमहरु समूह चरणबाटै घर फर्कने क्रम चल्यो सेमीफाइनल समिकरण पूरा भईसक्दा विश्वकप पटकपटक जितिसकेका टिम पनि घर फर्किसके । उपाधिका दौडमा यतिवेला फान्स, इंग्लाण्ड, बेल्जियम र क्रोएशिया छन् । ४ बटै युरोपियन टिम हुन् । सेमी फाइनल खेलहरु असार २६ गते फान्स र बेल्जियम तथा असार २७ गते इंग्लाण्ड र क्रोएशिया बिच हुँदैछ । यी दुवै खेल नेपाली समय अनुसार राती ११ः४५ बजे हुँदैछन् ।

प्रतियोगिताको अनुमान गर्ने क्रममा प्रतियोगिता सुरुहुनु अघि नै गुरुङले कुनै पनि देशलाई नै कमजोर आँक्नु हुन्न भनेका थिए । उनले भनेका थिए ‘मेरो लामो फुटबलको अनुभवले ३२ देश नै उपाधिकमा दावेदार टिम हुन् । ३२ देशलाई कमजोर आँक्नु हुन्न । एउटा खेलाडीलाई मात्र आधार बनाएर त्यस देशको मूल्याङ्कन गर्नु गलत हुन सक्छ । फुटबल टिमले खेल्ने हो । हरेक टिम बलिया हुन् । यो विश्वकपमा नसोचेको नतिजा आउन सक्छ । त्यस्तो भयो भने अनौठो मान्नु नै पर्दैन ।’

उनले कुराकानीका क्रममा यो पनि थपेका थिए ‘कुनै बेला, पेले, म्याराडोनाले विश्वकप हल्लाए तर यतिवेला विश्वकप खेल्ने सबै खेलाडी त्यो लेभलका छन् । जुन देशले पनि विश्व हल्लाउन सक्छ । साँच्चै भन्ने हो भने यो विश्वकपमा कुनै पनि देशलाई सहि ढंगले जजमेन्ट गर्न नसक्ने अवस्था छ ।’ उनले भने झैं धेरै खेल पण्डितहरुको जजमेन्ट गलत सावित भयो ।


सेमीफाइनल समिकरण पूरा भईसक्दा सबै युरोपियन देशहरु त्यहाँ पुगे नि ? भन्ने जिज्ञासामा उनले युरोपियन देशले फरक ढंगले फुटबल खेलेकाले त्यहाँ पुग्यो भन्नु पनि गलत हुने उनको भनाई छ । उनले भने ‘राम्रो खेले उनीहरुलाई लकले पनि फेवर ग¥यो तर उत्कृष्ठ नै सावित भएर त्यहाँ पुगेका होइनन् । एशियाली मुकुक जापानले त्यस्तो खेल्छ भनेर कसैले सोचेका थिएनन् तर कति राम्रो खेल्यो , थोरै समय टिक्न सकेको थियो भने आज उसले सेमीफाइनल चरण सम्म स्थान बनाउन सक्थ्यो, त्यसैले कुनै टिमलाई कमजोर आँक्नु हुन्न ।’

उनले अझै कुन देशको पोल्टामा उपाधि जानसक्छ भनेर भन्न सक्ने अवस्था नरहेको प्रतिकृया दिए । जुन टिमले गल्ति गर्छ अनि त्यो गल्तिको फाइदा जुन टिमले लिन सक्छ उपाधि त्यसले जित्छ ।– उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर