Aamsanchar

‘मापसे’ गरे भारत जाँदा जेल चलान

Author Image
सोमवार, असार २५, २०७५

भद्रपुर।

भारतीय प्रहरीले मादक पदार्थ सेवन गरी भारतको विहार राज्यमा प्रवेश गरेका एक नेपाली युवकलाई आइतबार पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका–४ निवासी २४ बर्षीय नारायण टुडूलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

भारतको विहार राज्यस्थित किसनगञ्ज जिल्लाको भात गाउँ ग्राम पञ्चायत क्षेत्रमा मादक पदार्थ सेवन गरी टुडू बेहोस अवस्थामा लडिरहेको गलगलिया थानाका प्रहरीले भेटाएपछि उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पक्राउ परेका टुडूलाई आवश्यक कारवाहीका लागि किसनगञ्ज जिल्ला कारागार चलान गरिसकेको जनाइएको छ । विहार सरकारले आफ्नो राज्यलाई मदिरा निषेधित राज्य घोषणा गरिसकेकोले त्यहाँ मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिन्छ ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर