Aamsanchar

नेपाली दूतावास युएईले लिने सेवा शुल्कमा वृद्धि

Author Image
मङ्गलवार, असार २६, २०७५

सुर्य खवास/युएई,

नेपाली दुतावास युएईले कागजात प्रमाणिकरण शुल्कमा वृद्धि भएको एक सुचना जारिगर्दै जानकारी दिएको छ ।

नेपाल सरकार, मन्त्री परिषदको असार १५ गते बसेको बैठकको निर्णयको अनुसुची [२ समूह ९ख] बमोजिम राजस्व बढाउने निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरी नयाँ शुल्कबारे दूतावासले जानकारी गराएको हो ।

परिवर्तित शुल्क अनुसार अब मन्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता तथा श्रम सम्बन्धी अन्य सेवाहरु, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, लाइसेन्स, विभिन्न प्रकारका निवेदनमा एक सय पचास दिराम लाग्नेछ ।

यसैगरि बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण, बसाईं सराई, प्रहरी प्रतिवेदन, चिकित्सको प्रमाणपत्र लगायतमा एक सय ९० दिराम शुल्क लाग्ने छ । यसअघि अधिकृत वारेसनामा जारी गर्दा एक सय दिराम शुल्क लाग्दै आएकोमा अब बढेको मूल्य अनुसार तीन सय ७० दिराम कायम गरिएको छ ।

नयाँ लागू भएको शुल्कलाई हेर्दा सबैभन्दा धेरै कामदार मागपत्र प्रमाणिकरणमा बढेको छ । जस अनुसार १( २५ जना कामदार मागपत्र प्रमाणीकरण सम्बन्धमा नौ सय २० दिराम, २६ ( १०० जनाको मागपत्रमा ११ सय दिराम र एक सय भन्दा धेरै कामदारको मागपत्र भए १२ सय ८० दिराम सेवा शुल्क लाग्ने तथा प्रमाणीकरण भएका कागजात सच्चाउन परेमा प्रति कागजात तीन सय ७० दिराम सेवा शुल्क लाग्ने बताइएको छ ।

दूतावासले प्रदान गर्ने कल्याणकारी प्रकारका सेवा अन्तरगत अंग प्रत्यारोपणका लागि सिफारिस, खोजतलास तथा उद्धार कार्यका लागि सिफारिस, घाइते, मृतकको क्षतिपूर्ति, कामदारका समस्या सम्बन्धी निवेदनमा भने कुनै शुल्क नलाग्ने दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर