झापा ।

दमकस्थित जनज्योति निमाविको गेटको ढोका भत्किँदा एक वालकको मृत्यु भएको ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विद्यालयको कम्पाउण्मा खेल्दै गरेका इलाम चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय वालकको ढोकाले किचेर मृत्यु भएको छ । दमक – ३ स्थित मामा घर आएका रिजन लिम्बूलाई सोमवार अपरान्ह खेल्ने क्रममा स्कूलको गेटमा लगाइएको ढोका भत्किएर लागेको थियो ।
ढोकाले लागेर गम्भीर घाइते भएका लिम्बूको मोरङस्थित उर्लावारी नगरपालिकामा रहेको अरनीको अस्पतालको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिनुभयो ।

Views: 168

