Aamsanchar

दुर्घटनामा दुईको मृत्यु

Author Image
मङ्गलवार, असार २६, २०७५

झापा ।

पूर्व – पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भई झिलझिलेमा रहेको समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनी रहेको प्रहरीले जनाएको छ । सोमवार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्वरको मोटरसाइकलले ठक्क्र दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

उता वाह्रदशी गाउँपालिका ६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमवार राति अनियन्त्रित भई पल्टदा उनको मृत्यु भएको छ । बिर्तामोबाट घर जाँदै गरेका राजवंशीले चलाएको को २९ प ४४६९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकल अनियन्त्रित भई पल्टदा गम्भीर घाइते भएका राजवंशीको उपचारको क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिनुभयो ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर