Aamsanchar

विकास निर्माणमा ठेकेदारको मनपरी, झापामा निर्माण कार्य अस्तव्यस्त

Author Image
बुधवार, असार २७, २०७५

राजु पौडेल / झापा । 

सरकारले समयमा ठेक्का पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ । समयमा ठेक्का पूरा नगर्ने ठेकदार नेताकै संरक्षणमा रहे पनि नछाड्ने सरकारको रणनीति छ । तर सरकारको यो निर्णयलाई प्रधामन्त्री केपीशर्मा ओलीको गृहनगरबाटै गिज्याइरहेको छ ।

प्रधानमन्त्रीको गृहनगर झापाको दमक नगरपालिका–५ स्थित दीपिनीमार्ग स्तरोन्नतिको कार्यको ठेक्का सम्झौताअसार मसान्तमा सकिदैछ । तर ठेकेदार कम्पनीको ढिलासुस्तीले तत्काल काम सकिने छाँटकाँट देखिँदैन । श्री जयबाबा शेर्पा जेभीले निर्माण कार्य ठेक्का सम्झौता मिति सम्पन्न हुनै लाग्दा पनि ५० प्रतिशत काम सम्पन्न गरेको छैन ।

स्थानीयले कामको ढिलासुस्ती र गुणस्तरका बारेमा समेत प्रश्न उठाइरहेका छन् । झापाको चारपानेदेखि जयपुरसम्म जोड्ने सडकमा निर्माण व्यवसायीको चरम लापरवाहीका कारण निर्माण सम्पन्ननहुँदै कालोपत्रे उप्कियो । सडक निर्माणमा लापरवाही भएको भन्दै स्थानीयले ठेकेदारलाई कारवाही गर्न माग गरिरहेका छन् ।

झापाको विर्तामोड हुँदै सदरमुकाम भद्रपुर जोड्ने सडकको स्तरोन्नति गर्ने कार्य लामो समयसम्म अलपत्र प¥यो । निर्माण व्यवसायीको गैर जिम्मेवारीका कारण समयमै निर्माण कार्य सम्पन्न नहुँदा स्थानीय र यात्रुले भने सास्ती व्यहोर्दै आएका छन् । सम्झौताअनुसार एक वर्षअघि नै सम्पन्न गर्नुपर्ने गरी सन् २०१४ जुनदेखि ठेकेदार कम्पनीले काम सुरु गरे पनि निर्माण कार्यलाई पूर्णता नदिइ बीचैमा काम ठप्प भयो ।

यी त केही उदाहरण मात्रै हुन् । नेपालमा सडक तथापुलको निर्माण कार्य निर्धारित समयमा नसकिनु सामान्य जस्तै बनेको छ । सम्बन्धित निकायहरूले चासो नदिँदानिर्माण कार्यमा ठेकेदारको मनोमानी चलिरहेको छ । सडक विभाग र स्थानीयतहहरूले ठेक्का सम्झौता गराएर निर्माण र स्तरोन्नति भइरहेका झापा सडक, मार्ग र पुलको अवस्था दयनीय छ । झापाको दमक, शिवसताक्षी, बिर्तामोड, कनकाई, अर्जुनधारा, भद्रपुर र मेचीनगरपालिका तथा गाउँपालिकामा निर्माणाधीन सडक र भित्री सडकहरूको अवस्था दयनीय छ ।

सोलार लाइट, फुटपाथ, ढलनाला र सडक निर्माणसहित गतबर्ष साउन २२ गते दमकको दीपिनीमार्ग निर्माणको ठेक्कालागेको थियो । स्थानीयको एक करोडसहित चार करोड सातलाख ५१ हजार रुपैयाँलागतमा ठेक्का सम्झौता भई यही असार भित्रमा काम सम्पन्न गर्नुपर्ने भएपनि निर्माण कार्य आधासमेत सम्पन्न भएको छैन । स्थानीयले निर्माण कार्य पनिलापारवाही ढंगले भइरहेको आरोप लगाएका छन् । ‘निर्माण कार्यमा गुणस्तरहीन सामाग्रीप्रयोग भएको, स्टिमेटभन्दा कम मापदण्डमा स्लाब, ड्रेन र सडक बनाइरहेको छ’ स्थानीय विक्रम बस्नेतले भने, ‘समयमै काम सम्पन्न नहुँदा हामीले सास्ती व्यहोरिरहेका छौँ ।’

दमक नगरपालिकाले भने लागत स्टिमेट बढाएर पुनः ठेक्का सम्झौता थप्ने तयारी गरिरहेको जनाएको छ । श्री जयबाबा शेर्पा जेभीले दमकनगरपालिका भित्रकै बेलडाँगी रोड र अन्यभित्र सडकको समेत निर्माण र स्तरोन्तिको ठेक्कापाएको छ । अर्जुनधारा जलेश्वरधामदेखि बुद्धशान्ति गाँउपालिकाको जयपुर चोकसम्मको ६ किलोमिटर सडक निर्माण गर्न गजुरमुखी–खनाल जेभीले ५ करोड ६५ लाख ६ सय २१ रुपैंयाँमा ठेक्का पाएको थियो । २०७४ असार २० गतेदेखि निर्माण सुरु गरेको कम्पनीले हालसम्म लगभग ५ किलोमिटर सडक निर्माण गरेको छ । निर्माण भएको सडक गुणस्तरहीन भएको भन्दै स्थानीयले आपत्ति जनाइरहेका छन् ।

एकसाता अघि कालोपत्रे भएको सो सडकमा अलकत्रा र गिटी जोडिएको छैन । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष गोपिचन्द्र गौतमले ठेकेदारको लापरवाहीका कारण सडक बनाइनसक्दै भत्किएको आरोप लगाए ।निर्माण व्यवसायीको ढिलासुस्ती, लापरवाही र असारे बजेट सक्ने हतारोले निर्माण भएका सडकहरू यति बेला बिजोग अवस्थामा छन् । झापाको दमकस्थित मावाखोलादेखि काँकडभिट्टासम्ममा ५५ किलोमिटर पूर्वपश्चिममार्गको धेरै ठाँउमा सडक खाल्डाखुल्डी परेको छ । बिर्तामोड–भद्रपुर, चारआली–भद्रपुर, बिर्तामोड–खुदुनाबारी, बिर्तामोड–गोलधाप लगायतका सहायकमार्ग र भित्रि सडकहरूको अवस्था दयनीय छ । यस्ता सडकहरूमा यात्रागर्दा दुर्घटनाको जोखिम समेत रहेको चालक तथा यात्रुहरू बताउँछन् ।

सडक विभागले एसियाली विकास बैँकको सहयोगमा शासेक परियोजनाअन्तर्गत बिर्तामोड–भद्रपुरलाई २ लेनको सडकको रूपमा विकास गर्न निर्माण कार्यअघि बढाइएको थियो । सम्झौताअनुसार सन् २०१६ सम्ममा नै सम्पन्न गर्नुपर्ने गरी सन् २०१४ जुनदेखि ठेकेदार कम्पनीले कामसुरु गरेपनि निर्माण कार्य पूरा हुनभने सकेन । सडक डिभिजन कार्यालय दमकले यस वर्ष सो सडकलाई पुनः ठेक्कालगाएको छ । झापाकै पक्कि भएका कतिपय सडक खाल्डोका कारण कच्चीमा परिणत भइसकेका छन् । सडकछेउमा हिँडडुल गर्दासमेत सवारीसाधन सञ्चालन हुँदा खाल्डोमा जमेको पानीले मानिसलाई असर गर्ने गरेको पैदलयात्रीहरू बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)