Aamsanchar

जेठानी दिदीलाई हत्या गरेको आरोपमा १० वर्ष जेल

Author Image
बुधवार, असार २७, २०७५

भोजपुर,

जेठानी दिदी कुटपीट गरी हत्याको अभियोग लागेका प्रमेश राईलाई १० वर्षको जेल सजायको फैसला भएको छ ।

जिल्ला अदालत भोजपुरले टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५४ वर्षीय प्रमेशलाई यस्तो फैसला गरेको हो ।

अभियुक्त प्रमेशले गत वैशाख २३ गते आइतबार घरायसी विवादमा आफ्नै जेठानी दिदी ५८ वर्षीया विद्या कुमारी राईलाई घाइते हुनेगरी कुटपीट गरेपछि उनको उपचारका क्रममा निधन भएको हो ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर