सुखानी ।

वडा सचिव तथा प्रशासन सहायक कर्मचारीहरुलाई आधारभूत कम्युटर तालिम, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यबस्थापन सूचना प्रणाली सहित एकीकृत कर संकलन प्रणाली विषयक ६ दिवसीय कार्यक्रय झापाको अर्जुनधारा नगरपालिकामा सुरु भैइरहेको छ ।

सबै आन्तरिक कर संकलन प्रणालीलाइ अनलाइन पद्धतिबाट अघि बढाउन र विद्युतीय माध्यमबाट सेवा प्रभाव गर्दै चुस्त दुरुस्त सेवा प्रभाव गर्ने उदेश्यले तालिमको आयोजना गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनोद खनालले बताए ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लेखा अधिकृत मदन पौडेल, कम्युटर झापा महासंघका अध्यक्ष लक्ष्मी खनाल, बृद्धशान्ति गाउँपालिका कम्युटर अपरेटर विवेक खुलाल, सूचना प्रविधि अधिकृत खनाललले तालिमको सहजीकरण गरिरहेका छन् । तालिममा अर्जुनधाारा नगरपालिकाका ४० जना कर्मचारीहरुको सहभागिता रहेको छ ।

नगर प्रमुख हरि कुमार रानाको सभापतित्व रहेको कार्यक्रममा कर्मचारीहरु कृष्ण नेपाल, सौजन कटुवाल, बसन्त बुढाथोकीले सूचना प्रविधि विकास हुँदा आफूलाई काम गर्ने सहज भएको अनुभूव समेत सेयर गरेको कार्यक्रम संयोजक खगेन्द्र लिङदेनले बताए ।

