Aamsanchar

विश्वकप फुटबलमा ईतिहास रच्दै क्रोएसिया पुग्यो फाईनल

Author Image
बिहिवार, असार २८, २०७५

एजेन्सी ।

विश्वकप फुटबलमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्न सफल भएको छ ।

क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो । क्रोएसियाले यसअघि विश्वकप जितेको बलियो टिम मानिने इंग्ल्यान्डको विश्वकप २०१८ को यात्रामा पूर्णविराम लगाउँदै आफ्नो यात्रा अगाडि बढाएको हो ।

क्रोएसियाका लागि खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल निर्णायक बनेको थियो । निर्धारित समयमा एक एक गोलको बराबरी खेल सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । पाँचौ मिनेटमा गोल खाएर पछि परेको क्रोएसियाका लागि इभान पेरिसिकले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

इंग्ल्यान्डका लागि खेलको पाँचौ मिनेटमै किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए । पेरिसिक खेलको म्यान अफ द म्याच बने। जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै फाइनल यात्रा गरेको थियो । विश्वविजेता बन्न क्रोएसियाले फाइनलमा फ्रान्सलाई पराजित गर्नुपर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर