Aamsanchar

सडकमा खनिएको नालामा डुबेर भद्रपुरमा एक बालिकाको मृत्यु , स्थानीय आक्रोशित

Author Image
बिहिवार, असार २८, २०७५

पार्थ मण्डल/ झापा ।

झापाको चाराआली–केचना सडक खण्ड अन्तरगत खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

नाला डुबेर भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई बर्षीया छोरी रेविका तामाङको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार बुधवार बेलुका ७ बजे घर छेऊ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेका थिए।

डुबेर बेहोस भएका बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। बालिका खेल्ने क्रममा नहरमा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ। यता बालिकाको खनिएको नालामा डुबेर मृत्यु भएपछि आफन्तजन तथा स्थानीय आक्रोसित बनेका छन् ।

सम्बन्धित निकायले उचित क्षतिपूर्तिसहित नाला नपुरे विरोधमा उत्रिने जनाइएको छ । चारआली केचना सडक खण्ड अन्तर्गत एकवर्ष अघि भद्रपुरको एसपी मोड छेऊमा यसरी नै खनिएको पानीमा डुबेर एक बालकको मृत्यु भएको थियो भने एक बालक गम्भिर घाइते भएका थिए।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर