Aamsanchar

एनआरएनए युएईको पहलमा दुई चेलीको उद्धार गरी नेपाल र्फकाइयो

Author Image
बिहिवार, असार २८, २०७५

सुर्य खवास/ युएई,

 

युएईमा विगत एक वर्ष देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली चेलिलाई एनआरएनए युएईको पहलमा उद्धार गरि बुधवार स्वदेश फिर्ता गरेको छ।

केही समय पहिले रातो सलले अनुहार छोपेर सामाजिक संन्जालको माध्यम मार्फत आफू लगायत आफ्ना अन्य २ जना साथीहरू दलाल द्वारा बिगत १ बर्ष देखि बन्धक बनाई राखेको र आफुहरुको अवस्था दयनिय रहेको बताउदै उद्धार गरि नेपाल फर्काई दिन अपिल गरेको भिडियो सार्वजनिक हुनासाथ प्रहरिको सहयोगमा उद्धारको प्रकृया थालि पिडितको उद्धार गर्न सफल भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

यसरी उद्धार गरिएका मध्ये बर्दियाकि रेनुका र भुप कुमारीलाई एनआरएनए युएईले आवश्यक प्रकृया पुरा गरी बुधबार हवाई टिकटको ब्यबस्था मिलाई स्वदेश फिर्ता गरेको छ भने अर्की एक चेलिलाई दूतावासले केही दिनमा नेपाल फर्काउने तयारी गरेको दूतावास स्रोतले जानकारी दिएको छ।

एनआरएनए युएईले मजदुर हितमा उल्लेखनीय काम गर्दै पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नेपाली दूतावास युएईका कार्यबाहक राजदूत सागर फुयाँलले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर