Aamsanchar

‘सरकार आतंक फैलाउन उद्धत’

Author Image
बिहिवार, असार २८, २०७५

विर्तामोड।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकार राज्य आतंक फैलाउन उद्धत रहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस झापाद्वारा विर्तामोडमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा बोल्दै पूर्व महामन्त्री समेत रहेका सिटौलाले सरकारले गरेका अनुचित दवाव रोक्न सक्ने ताकत कांग्रेसभित्र प्रशस्त भएको समेत बताए ।

कार्यक्रममा बोल्दै सिटौलाले बोइङ पास लिइसकेका संस्कृत विश्वविद्यालयका उपकुलपतिको पक्राउ र काम नगरेको भन्दै ठेकेदारलाई पक्राउ गर्ने तरिका गलत भएको भन्दै दुईतिहाइको उन्मादले सरकार बर्बराउने गरेको आरोप लगाए ।

भेटघाटका क्रममा सिटौलाले आधुनिक सोचका साथ आधुनिक शैलीमा पार्टीलाई सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आगामी भदौमा हुने भनिएको महासमिति भेलामा झापाले नयाँ सोच र ऊर्जा दिन सुझाएका थिए ।

नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।

Views: 130

प्रतिक्रिया (०)