Aamsanchar

आगलागीबाट सात लाखको क्षति

Author Image
शुक्रवार, असार २९, २०७५

राजविराज,

सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ ।

स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

आगलागीबाट गोठभित्र रहेको ४० क्विन्टल धान, ४० क्विन्टल गहुँ, नगद जिन्सी, भाँडाकुँडालगायतका सामान जल्दा करीब रु सात लाख मूल्यबराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर